धनीराम शर्मा
दाङ १३ बैशाख पारिवारिक जीवनमा भाग्यले ठगेपनि उद्यममा जाँगर पसिनाको साथले व्यूँझिएकी धनमाया यतिबेला उत्कृष्ट महिला उद्यमी बनेकी छन् । आज भन्दा करिब ४ वर्ष पहिले श्रीमानको दुघर्टनामा परि मृत्यू भएपछि उनको जीवनका कालरात्री शुरु भएको थियो । शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ भन्ने उक्तिलाई सावित गर्दै उनले कृषी उद्यममा सफलता हासिल गरेकी हुन् । यतिबेला धनमाया दाङकै अब्बल कृषक महिला बनेकी छन् च्यिि हिम्मत र जाँगर भए सुन फलाउन सकिन्छ हिम्मत जाँगर नभए सुनकै ढीक्का दिएपनि कहिले सुन फल्न र फलाउन सकिदैन भन्ने तथ्यलाई सावित गरिदिएकी छन् दाङकी एक उद्यमी महिलाले । उनै सफल महिला हुन् धनमाया पुन । स्थायी घर रोल्पा पाछाबाङ भई गत ३ वर्षदेखि कृषी पेशामा हात हालेकी धनमाया यतिबेला सफल कृषक बनेकी छन् । आफन्तले छोड,े छिमेकीले सहयोग गरेनन् तर दुनियाँमा सबै सम्भव छ भन्ने उक्तिले उनलाई दियो बल अनि यतिबेला उत्कृष्ट कृषक बनेर कहलिएकी छन् । श्रीमानको मृत्यूपछि दुइ सन्तानको अभिभारा बोकेर उनी ४ वर्षपहिले दाङ झरिन्, दाङमा जागिर वा कुनै पेशा उनलाई पाउन सजिलो थिएन् । तर बाबुको प्रेरणाले कृषी उद्यम नै चलाउनु पर्छ भनेर उनी सहयोगी संस्थाहरु चाहिरिन् ।
उद्यमीहरुको सहयोगी संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ पुगिन् दाङ जिल्ला उद्योग वाणिज्य संघको प्रतिनिधीसंगको भेटले केही गर्न सकिन्छ भन्ने आशा पलाएपछि उनी कस्सीएकी हुन् । व्यसाय शुरु गर्दा समाजले हेर्ने दृष्टीकोण राम्रो नभएपनि उनको लगावले जीवनमा नयाँ परिवर्तन ल्याएपछि कुरा काट्नेले काट्न छाडे । कृषी उद्यममा सफलताको शिखर चद्दै गएपछि उनैको व्यवसाय अनुसरण गर्ने गरेको उनले बताइन् । करिब ३ वर्ष पहिले उनले उद्यमी बन्ने योजना बनेपछि श्रीमानले जोडेको दश लाख लगानी गरेर च्याउ बंगुर र बाख्रा पालन शुरु गरिन् । दाङको घोराही २ गैरागाँउमा दश वर्षको लागि अढाइ विगाह जग्गा लिजमा लिएर उनको व्यवसाय शुरु भएको हो । व्यवसायबाट उनले वार्षिक करिब दश लाख आम्दानी गर्न थाले पछि उनमा थप जोश थपिएको छ । कृषीमा प्राप्त सफलताले उनलाई थप लगानी र उद्यम गर्न प्रेरित गरेको छ । शुरुमा छि छि धुर धुर मानिसहरु उनको पेशाको अनुसरण गर्न थालेका छन् । एकल महिला भएकै कारण उनलाई समाजका टाठाबाले हेर्ने दृष्टिकोण राम्रो थिएन । तर उनको सफल उद्यमशिलता देखेर छिमेकीले समेत पछि सिको गर्न थाले । कृषीमा चासो राख्नेहरु उनको उद्यमको अवलोकन गर्न आउन थालेका छन् । ९ जनालाई रोजगारी दिएको उनको जलजला बंगुर तथा बाख्रा पालन फार्म दाङमै सर्वाधिक सफल उद्यम बनेको छ । उनको उद्यम सफल भएपछि उनमा थप जोश र जाँगर थपिएको छ यतिबेला ।
प्रारम्भमै व्यवसायीक परामर्शको सहयोग गरेको दाङ जिल्ला उद्योग वाणिज्य संघले उनको उद्यमशिलतामा देखिएको परिणामले लगानी गर्न इच्छा जगायो । धनमायाको उद्यमलाई थप व्यवसायीक बनाउन उवासंघले यस आर्थिक वर्षमा साना तथा मझौला कृषक आयस्तर परियोजनामार्फत ३८ लाख ५९ हजार अनुदान उपलब्ध गराएको छ। व्यवसायी र रिज्मको गरि एक करोड ७ लाखको च्याउ प्रशोधन उद्योग संचालन हुने छ । दुइ छोरा छोरीकी आमा धनमायाले त्रिभूवन विश्वविद्यालयबाट विसं २०६८ मा स्नातक तह उत्तिर्ण गरेकीछन् । एकातिर शिक्षित मानिसले कृषी पेशा गर्नु अर्काेतिर एकल महिलाले उद्यम गर्दा शुरुमा मानिसहरुको धारणा खासै राम्रो थिएन तर बदलिदो समय परिस्थिति र उद्यममा प्राप्त सफलताले उनका कुरा काट्नेहरु अहिले परामर्श लिन पुग्छन् । ९ जनालाई रोजगारी दिएको उनको उद्यमबाट छोराछोरीलाई पढाउन लेखाउन सहज भएको पुनले बताइन् ।
कृषीको भविष्य राम्रो छ, कृषीतिर जाँगर भए कृषीले आत्मनिर्भर स्वभिमानी बनाउने भएकोले यतातर्फ आकर्षित भएको उनको धारणा छ । धनमायाको उद्यमलाई नजिकैबाट नियालेका दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष हेमराज बन्जाडेले राज्यले कृषक केन्द्रित नीति र कार्यक्रम बनाउन सके सयौ कृषकहरु धनमाया जस्तै सफल हुने बताए । कृषीमा विनियोजित बजेट सही ढंगले खर्च हुन सके कृषीमा आकर्षण मात्र होइन कृषीमा हजारौ यूवालाई परिचालन गर्न सकिने बन्जाडेको दावी छ । मुलुकको आर्थिक विकसको अधार कृषी भएपनि यसप्रति राज्यले खासै ध्यान नदिएको उनको भनाई छ ।
