दाङ, १५ बैशाख
हिन्दु जागरण नेपाल दाङले संगठन विस्तारलाई तीव्रता दिने भएको छ । जागरणको मंगलवार बसेको बैठकले हिन्दु जागरणको संगठन विस्तारका लागी संयोजकहरु पनि तोकेको छ । जस अनुसार जिल्ला संगठन विस्तार संयोजकमा रुपा वली, घोराही नगर संगठन विस्तार संयोजकमा सनम केसी रहनुभएको छ ।
यसैगरी, दाङ क्षेत्र नम्बर ३ को संयोजकमा रुक्मीणा न्यौपाने, त्रिपुर नगरपालिका संयोजकमा बसन्त गुरुङ, विद्यार्थी संगठन विस्तार संयोजकमा लक्ष्मण सागर शाह, मध्यपश्चीम विद्यार्थी संगठन विस्तार संयोजकमा विष्णु गौतम, सुरक्षा विभाग प्रमुखमा टेकनाथ आचार्य रहनुभएको छ ।
यस्तै नगर वडा टोल संगठन विस्तार संयोजकमा विजयाा रेग्मी, वडा संगठन विस्तार संयोजकमा लिलाधर स्वर्णकार, युवा संगठन विस्तार संयोजकमा रणबहादुर घर्ति रहनुभएको छ । बैठकले यही वैशाख १८ गते विहान ११ बजे घोराही नगरपालिका हिन्दु जागरणको भेला गर्ने भएको छ । जसका लागी कार्यक्रमको संयोजनको जिम्मेवारी गुमानसिंह वलीलाई दिईएको छ ।
जिल्ला अध्यक्ष यमबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले नारायणपुरमा सञ्चालन भएको महायज्ञको सार्वजनिक गर्नकालागी सानुा थापा, पूर्ण गुरुङ, गुमानसिंह वली, रुपा वलीलाई जिम्मोवारी दिएको छ । यस्तै गतवर्ष घोराहीमा सञ्चालन भएको महायज्ञमा दान गरेका दाताहरुलाई १५दिनभित्रमा रकम जम्मा गरिदिनका लागी अनुरोध पनि गरेको छ ।।
