चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी पहिलो महाधिवेशन अन्तर्गत आज सोमवार हुने भनिएको बन्दसत्र स्थगित भएको छ। बिहान ९ बजे हुने भनिएको बन्दसत्र सुरूमा डेढ घन्टा सारिएको थियो। त्यसपछि फेरि एक घन्टा थप गरिएको थियो ।
महाधिवेशन प्रतिनिधिको टुंगो लाग्न नसकेकाले स्थगित भएको हो । आजै प्रतिनिधिको टुंगो लागाएर आजै प्रतिनिधि कार्ड वितरण गरेर भोलि बिहानदेखि बन्दसत्र सुरु गरिने तय भएको निर्वाचन कमिटीले जनाएको छ ।











