दाङ । अत्यधिक गर्मी बढेपछि दाङको लमही नगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गरेको छ ।
उच्च तापक्रम र बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने अवस्थालाई मध्यनजर नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय असार ९ गतेदेखि १२ गतेसम्म बिदा दिइएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । शाखाले जारी गरेको सूचनामा वार्षिक बिदाबाट कट्टा हुने गरी गर्मी बिदा दिने निर्णय गरिएको उल्लेख छ।












