दाङ । दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट ल्याएको छ । आज सोमवार उपमहानगरपालिकाले नगरसभाको १९ औ अधिवेसनबाट २ अर्ब ३७ करोड ९५ लाख २२ हजारको बजेट ल्याएको हो ।
नगरसभा अधिवेसनमा उपमहानगरपालिकाका उपप्रमुख हुमा कुमारी डिसीले विनियोजित बजेटमध्ये चालु खर्चतर्फ १ अर्ब ३५ करोड ४५ लाख ४५ हजार रुपैयाँ (५६.९३ प्रतिशत) र पूँजीगत खर्चतर्फ १ अर्ब २ करोड ४९ लाख ७७ हजार रुपैयाँ (४३.०७ प्रतिशत) विनियोजन गरिएको जानकारी दिएकी छिन् ।
विनियोजित बजेटको आयमा (घरजग्गा रजिस्ट्रेसन समेत) बाट ७४ करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट ३१ करोड ५५ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड ९६ लाख ३६ हजार, संघीय सशर्त अनुदानबाट ७६ करोड ७७ लाख २२ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट २ करोड १६ लाख नौ हजार, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ८९ लाख ३१ हजार लगायत विभिन्न अन्य शीर्षकहरुबाट अनुमान गरिएको छ ।











