काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा केपी शर्मा ओलीले भन्दा ईश्वर पोखरेलले धेरै मत ल्याएका छन्। केन्द्रीय सदस्यमा ओलीले ९७९ मत ल्याएका छन्पो भने पोखरेलले भने १०८८ मत ल्याएका छन्।
नेकपा एमालेमा पदाधिकारीमा उम्मेदवारी दिएकाहरूले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिन पाउने व्यवस्था एमालेमा छ। अध्यक्ष पदमा भने ओलीले पोखरेलको भन्दा झण्डै तेब्बर मत १६६३ मत ल्याएर विजयी भएका छन् । पोखरेलले ५६४ मत मात्रै ल्याए ।











