काठमाडौँ । उच्च अदालत तुलसीपुर बुटवलले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले आज विहीबार सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  तर उनलाई विदेश यात्रा गर्न परेमा अदालतलाई पूर्वजानकारी गराउनुपर्ने छ ।

यो आदेश दिएसँगै लामिछाने २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबारको बिगो बुझाएर रिहा हुनेछन् । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देही रिहा गर्न अस्वीकार गरेको थियो । त्यसका विरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।