इन्द्रेणी संवाददाता
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा आज शुक्रवार आयोजित कार्यक्रममा २५ जना पत्रकारहरूलाई पुरस्कृति एवं सम्मान गरेको छ ।

महासंघले खगराज लोहनी स्मृति क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट बसुन्धरा गौतम, अकिल–टुकादेवी स्मृति पत्रकारिता पुरस्कारबाट दुर्गालाल केसी, उमाचन्द्र–गीता–हरी स्मृति पत्रकारिता पुरस्कारबाट आर के शितल, पार्वती स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गोकर्ण पौडेल, दिपक भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट जीवन रोका, देवकी नन्दन प्रतिभा पुरस्कारबाट केशरमान बुढाथोकी, जितेन्द्रबहादुर शाह स्मृति पत्रकारिता पुरस्कारबाट शरद रेग्मी, ओमप्रकाश शुभद्रादेवी स्मृति पत्रकारिता पुरस्कारबाट रेखा शर्मालाई पुरस्कृत गरेको छ ।

त्यसैगरी लोककुमारी स्मृति पत्रकारिता पुरस्कारबाट गोविन्द खड्का, दुर्गा–टीका स्मृति पत्रकारिता पुरस्कारबाट दिप्तीशिखा चौधरी, शालिकराम सामाजिक सेवा पत्रकारिता पुरस्कारबाट नविन नेपाली, टिका–नारायणी स्मृति पत्रकारिता पुरस्कारबाट जयन्त्री चौधरी, वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट कुलदीप न्यौपाने, पत्रकारिता प्रतिभा पुरस्कारबाट बसन्त पौडेल, महिला सृजनशील पुरस्कारबाट अञ्जना चौधरी र पत्रकारिता प्रोत्सान पुरस्कार मेघमान बुढा, शान्त कुमार बुढा, लक्ष्मी पोख्रेल, टेकराज भण्डारी, प्रेम पुन र अर्जन परियारलाई पुरस्कृत गरिएको छ ।

त्यस्तै जिल्लाको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार रामप्रसाद पौडेल, भुवन देवकोटा, विपुल पोख्रेल र उदय जिएम सम्मान गरेको छ । कार्यक्रममा पत्रकार महासंघ दाङका सस्थापकहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, विशिष्ट अतिथि प्रेसकाउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यलगायतका अतिथिहरुले सम्मान गरेका थिए ।

पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति, अतिथिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव जेएन सागरले गरेका थिए ।