काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । बिहीबार भृकुटीमण्डपमा सम्पन्न महाविधेशनबाट पोखरेल महासचिवमा विजयी भएका हुन् । पोखरेलले १ हजार २२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरे ।

नवनिर्वाचित पोखरेल नेपालको वामपन्थी आन्दोलनमा बौद्धिक र स्थापित नेता मानिन्छन् । महाधिवेशनमा पोख्रेल केपी प्यानलबाट चुनावमा होमिएका थिए भने पाण्डे ईश्वर पोख्रेल प्यानलबाट चुनावी मैदानमा थिए ।