दीपक शर्मा 
बर्दिया, साउन ३२ ।
सर्पको टोकाईबाट एक गर्भवती महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका वार्ड नं. १४ निवासी २८ वर्षिया वासमती चौधरीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।snake

मृतक चौधरीको गर्भमा ९ महिनाको वच्चा रहेको र साउन २८ गते सुत्केरी हुने समय दिईएको थियो । जिल्ला अस्पताल बर्दियामा सुत्केरीहरुको सुसारेको रुपमा काम गर्दै आएकी चौधरी अस्पतालकै क्वाटरमा सुत्ने क्रममा सर्पले टोकेको थियो ।

नन्द भाउजु सँगै सुतेका वेला झुलभित्र रहेको सर्पले टोकेको पारिवारिक श्रोतले जनाएको छ ।

गर्भवती चौधरीलाई विषालु करेत सर्पले टोकेको जिल्ला अस्पताल बर्दियाका डाक्टर अर्जुन भट्टले वताए । उनलाई २४ भाईल एन्टी स्नेक भेनम लगाईएको थियो ।।