कपिलवस्तु, ३२ साउन ।
कपिलवस्तुमा सर्पको टोकाइवाट एक महिलाको ज्यान गएको छ । शिवराज नगरपालिका ९ शिवपुर बेलौतीका २६ बर्षीया किदुर्गा शार्मालाई गोमन सर्पले टोक्दा मृत्यु भएको हो । विहान ५ बजे सुतेकै अवास्थामा ओछ्यानमा गएर सर्पले शर्माको खुटटामा टोकेको हो ।
शर्मालाई सर्पले टोकेपछि उनलाई कपिलवस्तुको गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदशं उपचार केन्द्रमा लागिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि लुम्बिानी अञ्चाल अस्पताल बुटवल रिफर गरिएको थियो ।
लुम्बिनी अञ्चल अस्पतालले मृत घोषण गरेको परिवारहरुले बताएका छन । शर्माको मृत्यु भएपछि उनकी एक बर्षीय छोराको विचल्ली भएको छ ।।











