तुलसीपुर, ३२ साउन । 
नयाँ शक्ति नेपालको बिजौरी गाँउपालिकाको प्रथम भेला सम्पन्न भएको छ । नयाँ शक्ति दाङका जिल्ला कमिटी सदस्य हिरालाल वलीको अध्यक्षतामा मंगलबार बिजौरीमा भएको एक भेलाले पार्बती पुन मगरको संयोजकत्वमा ४१ सदस्यीय नयाँ शक्ति बिजौरी गाउँपालिका गठन गरेको छ ।images

जसको सहसंयोजकमा गणेश केसी र पुष्पा खड्का चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सरस्वति भण्डारी, हिरा थापा , कर्ण बहादुर बुढाथोकी , रश्मी वली , मिना डाँगी, कुल बहादुर घर्ती , रुपकली नेपाली , पुष्पा पुन मगर , भुवन गौतम , देवा गौतम , बिष्णु बस्नेत , बुद्धी पुन मगर , राधा चौधरी , तुलसी अली , प्रतिक्षा घर्ती मगर , गज बहादुर वली , मीना वली , धन बहादुर घर्ती , कुमार पुन मगर , पाण्डव कुमार श्रेष्ठ , सरीता चौधरी , टेक बहादुर बुढाथोकी , एकराज बिरेन्द्र वली , भुपेन्द्र वली , निमा वली , सीता मिजार , सहदेव कुसारी लगायत रहेका छन् ।

उत्प्रेरकमा जिल्ला सदस्य हिरालाल वलीलाई मनोनित गरिएको छ । भेलाले वडा सम्म संगठन बिस्तार अभियान तिब्र पोर्ने निर्णय गरेको छ ।।