तिर्थराज वोहरा
जाजरकोट, ३० साउन ।
जिल्ला शिक्षा कार्यालयको अनुदानमा गत आर्थिक वर्षमा निर्माण गरिएका विद्यालय भौतिकपूर्वाधार निर्माणमा नमुना प्रस्तुत गर्न विद्यालयहरुलाई प्रतिस्पर्दा गराईएको थियो । गत आवमा भौतिक पूर्वाधार निर्माण प्राप्त गरेका २ सय ६२ वटा विद्यालयलाई नमुना निर्माण कार्य प्रस्तुत गर्न प्रतिस्पर्दा गराईएको थियो ।
दुई सय ६२ वटा विद्यालयहरु मध्ये नमुना भौतिकनिर्माण गर्ने विद्यालयहरुमा सरस्वती प्राथमिक विद्यालय वफेलगाउँ २ कोठे, रामजानकी प्राथमिक विद्यालय ईउरी ३ कोठे, रामचन्द्र प्राथमिक विद्यालय पाँचकाटिया ३ कोठे, दुर्गा प्राथमिक विद्यालय नुवागाउँ २ कोठे, वाल प्राथमिक विद्यालय कुस्तरा शौचालय, मालिका प्राथमिक विद्यालय विष्टटोल मजकोट शौचालय, मष्ट प्राथमिक विद्यालय गिमा छात्रा शौचालय, नेपाल राष्ट्रिय माध्यामिक विद्यालय औलगुर्ता ६ कोठे र दिपेन्द्र माध्यामिक विद्यालय भुर ६ कोठे गरि जम्मा ९ वटा विद्यालय रहेको जिल्ला शिक्षा कार्यालयका सुचना अधिकारी यज्ञश्वर खत्रीले वताए ।
गत आवमा भौतिक निर्माण प्राप्त गरेका २ सय ६२ वटा विद्यालयहरु मध्ये १ सय ७९ वटा विद्यालयहरुले भौतिक निर्माणको काम पूर्ण रुपले सम्पन्न गरी सकेको खत्रीले जानकारी दिए । उनले ५८ वटा विद्यालयले भौतिक निर्माणको कामलाई ९५ प्रतिशत पुरा गरि सकेको र ५ प्रतिशत पुरा गर्न वाँकी रहेको वताए । साथै उनले १५ वटा विद्यालयको भौतिक निर्माण वहुँवर्षिय भएको हुदा आगामी वर्षका लागि क्रमागतमा रहेको जानकारी दिए ।
नमूना पूर्वाधार निर्माण घोषणा घोषणा कार्यले निर्माण कार्यमा संलग्न विद्यालयहरुको निर्माण लागत, समय, गुणस्तर प्रति सचेत वन्ने योजना अधिकृत सम्म रहेका यज्ञश्वर खत्रीको भनाई रहेकोछ । आगामी वर्षहरुमा पनि यो प्रक्रियालाई कार्यालयले निरन्तरता दिई राख्ने उनको तर्क छ ।।
