दीपबहादुर घर्ती
जाजरकोट, ३० साउन ।
जाजरकोटमा अध्ययनरत विद्यार्थीहरुको सिकाई उपलव्धीलाई आगामी ५ वर्ष भित्रै ६० प्रतिशत पुर्याउन जाजरकोट जिल्ला शिक्षा योजना वनाईने भएको छ । हाल ३५ प्रतिशत विद्यार्थी सिकाई उपल्वधी रहेको जिल्लालाई ५ वर्ष भित्रै न्युनतम ६० प्रतिशतमा पुर्याउनका लागी जिल्ला शिक्षा योजना वनाईने भएको हो । केही दिन भित्रै वनाईने जिल्ला शिक्षा योजनाले साक्षर जिल्ला घोषणा भई, २०७३ को शैक्षिक सुधार वर्षलाई व्यवहारिक रुप दिन सहज हुने जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताए । उक्त योजनाले जिल्लाको शैक्षिक उन्नययनका लागि सर्वपक्षिय सहकार्य, साझेदारी र प्रयत्नलाई जोड दिने जिशिअ सिंहको भनाई रहेको छ ।

cc
सर्वसुलभ विद्यालय शिक्षाको सुनिश्चिता गर्नुका साथै शिक्षामा पारदर्शिता, सुशासन र गुणस्तर कायम गरि नमुना विद्यालय प्रर्वद्धन गर्न टेवा पुग्ने सिंहको दावी छ । योजनाले ५ वर्ष भित्रै जिल्लालाई शैक्षिक प्रर्यटक गन्तव्य जिल्लाका रुपमा विकास गराउन सकिने जिशिअ सिंहको दावी रहेकोछ ।

जिल्ला शिक्षा योजनाको मुख्य उदेश्य “विद्यालय उम्मेर समुहका वालवालिकाहरुलाई गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चिता गर्नु, जिल्लाका सवै शैक्षिक संस्थाहरुमा न्युनतम पूर्वाधार अवस्था सुनिश्चित गर्नु, जिल्लाको शैक्षिक विकासमा सर्वपक्षिय प्रयत्न र प्रतिवद्धता स्वतःस्फुर्त रुपमा हासिल गर्नु” रहेको जिल्ला शिक्षा कार्यालयले वताएको छ ।

त्यसैगरी योजनाको लक्ष्यः–“सवै वालवालिकाहरुलाई निःशुल्क आधारभुत शिक्षाको पहुँच सुनिश्ति गरी निःशुल्क आधारभुत शिक्षा प्रदायक जिल्ला २०७४ भित्र घोषणा गर्ने, विद्यालयको पठनपाठनमा नियमितता र गुणस्तरियता अभिवृद्धि गरी विद्यालयको सिकाई उपलव्धी आगामी ५ वर्ष भित्र न्युनतम ६० प्रतिशत पुर्याउने, विद्यालय र समुदाय विचको अन्तर सम्वन्ध विकास गर्न दुवै पक्ष्य विचको अन्तरक्रिया र छलफललाई नियमित र व्यवस्थित वनाउने” रहेको कार्यालयले जनाएको छ ।।