दाङ, २९ साउन
दाङको मौरीघाट–देवीकोट सडक जीर्ण वनेको छ । लालमटियादेखी आठ किलोमिटर उकालो चढेपछि हाँसिपुर गाविसमा पुग्ने उक्त सडक वर्षाको भेलले चिरा–चिरा पारेको छ । दुरीको हिसावले थोरै भएपनि ठाउँठाउँमा पहिरो जाँदा र बाटो चिरा परेपछि पर्यटकीय स्थल देवीकोटसम्म पुग्न घण्टौ लाग्ने गरेको छ । विगे्रको बाटोमा ट्याक्टर सम्म चलाउन सक्ने अवस्था नरहेको स्थानीयको भनाइ छ ।

temp2५ वर्षअघि खनिएको उक्त वाटो खराव भएपछि स्थानीयलाइ हिडडुल गर्न र विरामीलाइ ओषधोपचारका लागी गर्न लैजान पनि समस्या भएको स्थानीय वीरेन्द्र कार्कीको भनाइ छ ।

उक्त सडकमा हिउँदमा मात्रै गाडी चलाउन सक्ने अवस्थाले त्यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन ।

जिल्ला विकास समितिले आठ दलाख रुपैयाँ वजेट विनियोजन गरेको र त्यो रकमवाट सडकको ट्रयाक खोल्ने काम भएको छ । यसैवीच, देविकोटवासीले सडक सतरोन्नतीका लागी सम्वन्धित निकायसंग माग गरेका छन ।।