दाङ, २९ साउन
पञ्चकुले गाविस कार्यालयको खाली र नांगो रहेको जग्गामा बृक्षारोपन गरिएको छ । खाली तथा बनमाराको झाडीले अस्तब्यस्त रहेको प्रांगणमा बृक्षारोपण गरिएको गाविस सचिव चन्द्रकुमार डाँगीले जानकारी दिनुभयो । बाघदैला चिसापानी सामुदायिक बन समुह पञ्चकुले १, २ र ३ को विरुवा सहयोगमा गाविसको करिव १ विगाहा क्षेत्रफलमा रहेको प्रांगणमा बृक्षारोपण गरिएपछि खाली रहेको जग्गा सदुपयोग हुने अपेक्षा गरिएको छ ।               panchakule-ma-planting

खुल्ला अवस्थामा रहेको गाविसको जग्गालाई यसबर्ष पर्खाल निर्माण गरिएको र बाँकी क्षेत्रमा तारबार गर्ने तयारी छ ।अतिक्रमणको चपेटामा रहेको जग्गालाई पर्खाल र तारबारले संरक्षण गर्ने अपेक्षा लिएको सचिव डाँगीको भानइ छ ।

वृक्षारोपनमा पञ्चकुले गाविसमा क्रियासिल राजनीतिक दलका प्रतिनीधि, वडा नागरिक मञ्चका संयोजक, समाजसेवी सबैले सहयोग गरेका थिए ।।