सल्यान, २९ साउन
सल्यान प्रहरीले सवारी दुघर्टना न्युनिकरणदेखि अपराधिक क्रियाकलाप निन्त्रणका लागि बिहीबारदेखि भिग्रस चेकिङ सुरु गरेको छ । प्रहरीले थालेको भिग्रस चेकिङको अभियान अन्तर्गत २ दिनको अवधिमा जिल्लाभर ३२ वटा सवारीसाधलाई कार्बाही गरेर १६ हजार ९ सय रुपैयाँ राजश्व असुली गरेको छ । सवारी नियम उल्लंघन गरेको भन्दै प्रहरी विभिन्न सवारीसाधनलाई कार्बाही गरेको हो ।

Traffic-Checking जिल्लाका विभिन्न स्थानमा क्षमता भन्दा बढी यात्रु राख्ने ८ वटा बसलाई गरेको कार्बाहीबाट ४ हजार, ७ वटा ट्रकबाट तीन हजार पाँच सय, २ वटा जिपबाट एक हजार, ५ वटा मोटरसाइकलबाट ३ हजार, र ७ वटा टयाक्टरबाट तीन हजार पाँच सय रुपैयाँ जरिवाना गरिएको ल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले वताउनुभयो ।

त्यसैगरी श्रीनगर र कपुरकोटमा सवारी नियमविपरीत संचालन भएका बस, टेक्टर र मोटरसाइललाई गरिएको कार्वाहीवाट एक हजार ९ सय रुपैयाँ राजश्व असुली गरिएको प्रहरीले वताएको छ । ओभरलोड, यात्रु धेरै राखेको र हेलमेट विना मोटरसाइकल चलाएको जस्ता सवारी नियम उल्लंघन गरेका सवारी साधनमात्र कार्बाहीमा परेका हुन ।।