दाङ, २८ साउन
दाङमा सर्पको टोकाइवाट एक महिलाको ज्यान गएको छ । गोल्टाकुरी गाविस ८ बंगलापुर निवासि ३५ वर्षिया कमला ओलिको सर्पले डस्दा मृत्यु भएको हो । 
कमलालाइ गत साउन २६ गते बारिमा घाँस काट्दै गर्दा सर्पले डसेको थियो ।
सर्पले डस्ने वित्तिकै राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचारका लागी लगिएको र त्यहाँबाट थप उपचारको लागी भारतको लखनौ लैजादै गर्दा बाटोमै कमलाको मृत्यु भएको स्थानीय धन बहादुर डाँगीले जानकारी दिनुभयो ।
कमलाको शव आज घर ल्याइएको छ । उहाँको मृत्यु भएपछि रोजगारको लागी दुइ वर्ष अघिदेखि भारतको गुवामा रहेका श्रीमान घर आउने तयारीमा रहेको वताइएको छ ।।











