रोल्पा, २८ साउन
रोल्पा प्रहरीले श्रीमतीलाइ खुकुरी प्रहार गरी घाइते वनाउने एक जनालाइ नियन्त्रणमा लिएको छ । लिवाङ नगरपालिका–७ धारापानी बस्ने ७५ वर्षका मानसिंह महराले आफ्नै श्रीमती ६५ वर्षिया मन कुमारी महरालाई टाउको र ढाडमा खुकुरी प्रहार गम्भिर घाईते बनाएका हुन ।images

घटना भएको लगत्तै घटनास्थल पुगेको प्रहरीले खुकुरी प्रहार गर्ने मानसिंह महरा लाइ नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका महरासंग घटनावारे अनुसन्धान सुरु गरेको छ ।

घाइते मनकुमारीको जिल्ला अस्पतालमा सामान्य उपचारपछि नेपालगंज रिफर गरिएको छ ।।