तुलसीपुर २८ साउन
हाम्रो पहुँच सेकेण्डरी स्कुलका विद्यार्थीहरुले तुलसीपुर ६ गोलौरामा रहेको ओम ड्रिङ्किङ वाटर एण्ड वेवरेज उद्योग कोमलजलको अवलोकन गरेका छन । शैक्षिक ज्ञान संगसगै व्यवहारीक ज्ञान दिन भन्दै विद्यालयले पानीलाई प्रसोधन गर्ने विधिका वारेमा जानकारी दिने उद्येस्यले कोमलजलको अवलोकन गराएको विद्यालयले जनाएको छ ।
सो अवसरमा विद्यार्थीहरुलाई फिल्डमै पानी प्रसोधन गर्ने विधीको वारेमा सिकाईएको थियो ।
पानी दुसित भएमा विभिन्न खालको सरुवा रोग फैलीने भन्दै विद्यार्थीहरुलाई प्रसोधित पानी प्रयोग गर्ने वानी वसाल्नको लागी प्रसोधित गर्ने ठाउको प्रत्येक्ष अवलोकन गराईएको विद्यालयका प्रिन्सिपल डि आर भण्डारीले जानकारी दिनु भएको छ ।विद्यालयका अनुसासन ईन्चार्ज तथा खेल शिक्षक दिपक कुमालको नेतृत्वमा कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरुलाई उद्योगको अवलोकन गराईएको थियो । सो अवसरमा उद्योगका सन्चालक नरेन्द्र वलीले पानी प्रसोधन गर्ने विधिका वारेमा जानकारी गराउनु भएको थियो ।।











