दाङ, २८ साउन
नेपाल महिला तथा वालवालिका सरोकार मञ्च दाङले उच्च माबि कालाखोला र जनकल्याण उमावि दुधरास दाङका छात्राहरुलाई महिनावारीका विषयमा जानकारी दिएको छ । मञ्चले नेपाल प्रर्यटन बोर्ड क्यानडाको सहयोगमा २ विद्यालयका छात्राहरुलाइ महिनावारीका विषयमा जानकारी दिनुका साथै महिनावारी हुँदा प्रयोग गरिने सामाग्री पनि प्रदान गरेको छ ।download

महिला स्वास्थ्य तथा सुरक्षित महिनावारी कार्यक्रम अन्तर्गत २ विद्यालयका कक्षा ६ देखि १० सम्मका छात्राहरुलाई महिनावारी हुँदा अपनाउनुपर्ने सतर्कता, सरसफाइ लगाएतका विषयमा प्रशिक्षण दिइएको लक्ष्मी केसीले जानकारी दिनुभएको छ ।

मञ्च दाङका अध्यक्ष जीवा भुषालको अध्यक्षता तथा नेपाल प्रर्यटन बोर्ड क्यानडाका दूत नरवहादुर चन्दनको प्रमुख आतिथ्यता र उच्च मावि कालाखोलाका प्राचार्य टुकाराम भट्राइको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । उपाध्यक्ष गौरी रजौरेको स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष शुशिला खनालले गर्नुभएको थियो ।।