दाङ, २८ साउन
मावि ढिकपुर दाङले शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत आज हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलापको आज पहिलो दिन कक्षा ६ देखी १० कक्षाका छात्रछात्रालाइ ५ वटा समुहमा विभाजन गरी प्रतियोगीतामा सहभागी गराइएको थियो ।hh

ए, बी, सी, डी र इ समुहमध्य छात्रा पूर्णिमा केसी नेतृत्वको डी समुह प्रथम, छात्रा गायत्री केसीको बी समुह द्धृतिय र छात्र हरी चौधरीको ई समुह तृतिय भएको शिक्षक चित्र वहादुर डिसीले जानकारी दिनुभएको छ ।

प्रथम, द्धृतिय र तृतिय हुने समुहलाइ पुरस्कार प्रदान गरिएको छ । विद्यालयका प्राधानाध्यापक पृथ्वी चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो । साथै कार्यक्रममा सहयोग गर्ने शिक्षकहरु लाल वहादुर ओली, गिरीराज धिताल, जुद्ध वहादुर डिसी, पुष्पा खड्का, छमा डिसी र सरस्वति चौधरीलाइ कार्यक्रममा धन्यवाद ज्ञापन गरिएको थियो ।।