रेखा मगर
दाङ, २८ साउन
पहिरोका कारण झण्डै २ हप्तासम्म अवरुद्ध बनेको घोराही–होलेरी सडकखण्डमा गाडीहरु चल्न थालेका छन । सो सडक खण्डको सैघा गाबिस २ मखखोलामा खसेको पहिरो हटाइएपछि यातायातका साधन सन्चालनमा आएका हुन । उक्त स्थानमा ठुलो पहिरो खस्दा झण्डै १५ दिनसम्म गाडी नचल्दा सर्वसाधारणले सास्ती खेपेका थिए । अहिले उक्त सडकखण्डमा मोटरसाइकल लगाएतका अन्य ठुला गाडीहरु पनि आवतजावत गरिरहेको प्रहरी चौकी दुईखोलीले जानकारी दिएको छ ।
प्रहरी चौकी दुइखोलीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दत्तबहादुर रसाईलीका अनुसार पहिरो हटाएर यातायात सन्चालन गरिएपनि जोखिम भने कायम रहेको छ ।
गाडी हिड्न सक्ने वाटोको निकास गरिएपनि माथिवाट ढुंगा र माटो खस्न भने नछोडेको रसाइलीको भनाइ छ ।
अविरल बर्षापछि पहिरो खसेपछि यात्रुहरुलाई पैदल हिड्नुपरेको थियो भने सोनापुर सिमेन्ट उद्योगका गाडिहरु र नियमित चल्ने बसहरु समेत ठप्प भएका थिए । अहिले बाटो खुलेपछि घोराही देखी शहिद मार्ग हुदै होलेरी, डुव्रिङ, झेनाम, दुबिडाँडा, टिला, दहबन र प्युठानको स्वर्गद्धारी जाने आउने नागरिकलाई सहज हुन थालेको होलेरीका भरत केसीले जानकारी दिनुभयो ।।