कैलाली, २८ साउन
कैलालीमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । सहजपुर–९ मारभट्टी मोडमा भएको बस दुर्घटनामा मृत्यु हुनेमा डोटी वासुदेवी–१ का योगेन्द्र विक र सीबी लुहार रहेको प्रहरीले जानकारी दिएको छ ।
डोटी सदरमुकाम दीपायलबाट धनगढी आउँदै गरेको ना ६ ख १६९१ नम्बरको बस गएराति दुर्घटना हुँदा अन्य ९ जना घाइते भएका छन । घाइतेमध्ये ात जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते बसका चालक शेरबहादुर कडायत र महाविर कडायतलाई थप उपचारका लागि भारतको बरेली लगिएको अत्तरिया प्रहरीले जनाएको छ ।।