देउखुरी, २८ साउन ।
१६ औं अन्र्तराष्ट्रिय यूवा दिसवको अवसरमा आज जखेरा तालको सरसफाई गरिएको छ । लमही नगरपालिका ५ मा रहको जखेरा तालको जखेरा रेडियो स्रोता समुहको आयोजनामा सरसफाई गरिएको हो । ताल क्षेत्रको सरसफाई कार्यक्रममा स्रोता क्लवका पदाधीकारी, स्थानीय नागरिक, प्रहरी, वडा नागरिक मञ्चका पदाधीकारी, ताल संरक्षण समितिका पदाधीकारी, सामुदायीक वन समुहका पदाधीकारीहरु सहभागी थिए ।
जखेरा तालमा वनभोज खान पुग्नेहरुले ताल क्षेत्रमा फोहर गर्नेगरेपछी ताल क्षेत्र दुर्गन्धीत र कुरुप वन्दै आएको छ । देउखुरीको पर्यटकीय स्थल जखेरा ताल क्षेत्रमा फोहर वढेको भन्दै आज परेको अन्र्तराष्ट्रिय यूवा दिवशको अवसरमा सरसफाई गरिएको हो ।
साझेदारी विकास परियोजना अन्र्तगत गठन भएको जखेरा रेडियो स्रोता समुहले सामाजिक कार्य अन्र्तगत यूवा दिवशको अवसरमा जखेरा तालको सरसफाई गर्ने निर्णय गरेको थियो ।
त्यही निर्णय अनुसार तालको सरसफाई गरिएको स्रोता समुहका अध्यक्ष रिता चौधरीले जानकारी दिनुभयो । सर्च फर कमन ग्राउण्ड, ईक्वल एक्सेस, वडा प्रहरी कार्यालय लमहीको समन्वयमा कार्यक्रम गरिएको हो ।।
