काठमाण्डौ, २८ साउन
नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताको पुर्ण सत्ताको लागि प्रतिरोध संघर्ष गर्ने उद्घोष गर्नुभएको छ । अखिल क्रान्तिकारीको समान शैक्षिक अधिकारका लागि राष्ट्रिय अभियानमा सहभागी विद्यार्थीहरूलाई निर्देशनात्मक प्रशिक्षण दिँदै विप्लवले यस्ता उद्घोष गर्नुभएको हो ।dd

महासचिव विप्लवले प्रतिरोध संघर्षको स्वरुप कस्तो हुन्छ भन्नेबारे भने खुलाउनुभएन ।

राजनीतिक संक्रमणकाल अन्त्यसँगै सत्ता साझेदारीको मुद्दा सकिएको र पूर्णसत्ताको मुद्दा प्रमुख भएर आएको उहाँको भनाइ छ ।

यसअघि विप्लवले सत्ता साझेदारीको मुद्दा उठाउँदै आउनुभएको थियो ।।