भुपेन्द्रप्रकाश ओली / दाङ 
घोराही, २६ साउन ।  सुन्दर भविष्यको आशामा विदेश छिरेका बुवाको पोहर साल उतै मृत्यु  भएपछि घोराही ६ ढोडेनीका १०  वर्षीय बालक सुरेन्द्र बुढा र उनका  ५ वर्षीय भाई शरदको बिचल्लीको श्रंखला शुरु भयो । आमा पवित्रा बुढाको सहारामा जसोतसो उनिहरुको कलिलो मस्तिषकले  बुवाको मृत्युलाई बिर्सन खोज्दै थियो तर साउन  १९ गते फेरि उनिहरुको जीवनमा अर्को बज्रपात पर्यो । हृदयघातले आमालाई पनि कहिल्यै नफर्कीने गरेर उनिहरुबाट टाढा लगिदियो ।

13937765_1158389530891051_4835066397284961049_o
बिचल्ली परेको परिवारको सानो आवास जहाँ अहिले केहि आफन्तहरु पनि छन्।

अब न त उनिहरुसंग पेट भरिदिने आफन्त छन , न त भविष्य डोर्याइदिने सहारा   । २२ वर्षीय दिदी  सरस्वती बुढा स्वयम बाउ आमाको मृत्युले दिएको पीडाबाट सम्हालीन धौ भैरहेको छ । बुबाको मृत्यु पछि भाइहरुलाई पढाउन उनिले आफनो पढाई त्यागेकी  थिइन । ‘ बुवा हामीलाई पढाउन भनेर नै विदेश कमाउन जानुभएको थियो । तर उहाँको उतै मृत्यु  भयो ।’ उनले भनिन  बुवाको मृत्युपछि आर्थीक अवस्था निक्कै कमजोर भयो । सबैले पढ्न सक्ने स्थिीति नभएपछि मैले पढ्न छाडिदिए ।’

13988027_1158388910891113_5593034416226291386_o
बाआमा दुबैको मृत्यु भएपछि बिचल्लीमा परेका घोराही नगरपालीका ६ ढोडेनीका दुई बालक सुरेन्द्र बुढा र शरद बुढा आफनी दिदी सरस्वती बुढा संग ।

पढाई अन्यौलमा
बाँकी रहेका उनिहरुको ४ जनाको परिवार मध्ये एउटी बहिनी शर्मीला बुढा विदेशमा छन ।  बुवाको मृत्यु पछि भाईहरुलाई पढाउने भनेर उनि जोर्डन पूगेकी थिईन । तर विदेश पठाउने दलालले आशा देखाए अनुसार उनले विदेशमा आम्दानी गर्न सकेकी  छैनन ।  आर्थीक अवस्था निक्कै कमजोर रहेको उनिहरुको परिवारमा अब आम्दानीको स्रोत पुर्ण ठप्प भएको छ । खानबस्नको ठेगान छैन भने दुईटा बालकको पढाईलाई कसरी अघि बढाउने भन्नेमा अन्यौल छ ।

13925591_1158388537557817_5842616472814239068_o
सिसा झैँ चकनाचुर फुटेको यो परिवार जो अहिले अभिभावक बिना बिचल्लीमा छ ।

 

जेठा शरद घोराही नगरपालीका स्थित लालीगुराँस आवासिय माध्यमिक  विद्यालयमा कक्षा ६  मा र कान्छा सुरेन्द्र युकेजीमा पढदै आएका छन । हाल सरस्वतीलाई आफनो भन्दा पनि भाइहरुलाई कसरी पढाउने होला भन्ने चिन्ताले पिरोल्न थालेको छ ‘ एक वर्षको अवधिमा बाउ आमा दुबैलाई गुमायौं ’ उनले  भनिन ‘ बुवाको मृत्युपछि आमाले गिटी कुटेर भएपनि भाईहरुलाई पढाईरहनुभएको थियो । अब म एक्लैले भाइहरुको पेट भर्ने जुगार गरु कि विद्यालयको फिस ? अन्यौलमा छु । ’

रोल्पा फर्काउने तयारी
दुइवटा  नातिलाई   पढाउन सकिने स्थिीति नभएपछि रोल्पा बस्दै आएका उनका बुढा बाजे यताको  पढाई छुटाएर गाँउ लैजाने तयारीमा छन । यद्यपी आफुहरुलाई गाँउ जान मन नभएको र पढाईलाई निरन्तरता दिन चाहेको बालक शरदले बताए । ‘ गाँउ गएर पढाई रोकिनेछ ’ उनले भने ‘तर म  धेरै पढेर बा आमाको सपना पुरा गर्न चाहन्छु । ’ दुबै बालक पढाईमा अब्बल रहेका उनिहरु पढदै आएको विद्यालयका प्रिन्सीपल केशरमान बिसीले बताए ।

13988027_1158388910891113_5593034416226291386_o

त्यसो त  उनिहरुको बुवाको मृत्युपछि आफुले विद्यालयमा दाजुलाइ  निशुल्क र सानो भाइको पनि आधा शुल्कमा अध्यापन गराउदै आएको  लालीगुराँस माविका प्रिन्सिपल बिसीले मृतक पवित्रा बुढाको कर्मकाण्डमा दुवै भाइहरुलाई निशुल्क पढाउने घोषणा नगरेका होइनन । तर यतिले मात्र उनको पढाइ पुरा हुन सक्दैन । न त  घरमा चुलो बाल्ने कोही आफन्त छन्  न  पकाउने एक सितो चामल । बेचैन छ उनीहरुको जीवन लामो सुस्केरा हाल्छिन २२ बर्षीया सरस्वती ।‘ प्रिन्सिपल बिसीले थपे – ‘हामी विद्यालयका तर्फबाट फिस नलगेर भएपनि पढाउन तयार छौं’ तर विद्यालयमा होस्टेलको व्यवस्था छैन । बास बस्ने र खाने ठेगान नभएपछि हामीले सहयोग गर्दागर्दै पनि उनिहरुको पढाईले निरन्तरता पाउने भएन  ।’