कुसुम बिक / बर्दिया
मधेशी अवधी भाषी समुदायद्वारा बर्दियाको गुलरियामा बिभिन्न साहित्यीक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरि तुलसी जयन्ती मनाईएको छ । तुलसी जयन्ती कार्यक्रम सन्तशिरो मणि भक्त कवि तुलसीदासले लेखेका रामचारित मानस ,कथा ,कबिता तथा भजन लगायतका कृतिहर्रु मधेशी समुदायका साहित्य अनुरागीद्वारा वाचन गर्दै मनाइएको हो ।

बाहुभाषिक साहित्यीक सांस्कृतिक प्रतिष्ठान बर्दियाद्वारा आयोजना गरिएको तुलसी जयन्ती कार्यक्रममा मधेशी समुदायका युवा तथा साहित्य अनुरागीहरुले आफु भित्र रहेका कवित , गजल ,गीत लगायतका प्रतिभाहरु प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्नेमा बृता यादव , पवन गडरिया , मुरली प्रसाद गोडिया लगायतका साहित्य अनुरागी रहेका थिए ।
उक्त तुलसी जयन्ती कार्यक्रम बाहुभाषिक साहित्यीक सांस्कृतिक प्रतिष्ठान बर्दियाका सल्लाहकार अयोध्या प्रसाद श्रीवास्तवको सभातित्व सम्पन्न भएको थियो भने प्रमुख अतिथी माननीय सभासद कसीम अलि सिद्धिकी रहनु भएको थियो । सन्तशिरोमणि भक्त कवि तुलसीदासको ५ सय १९औं जयन्ती तथा अवधि दिवसको अवसर पारेर कार्यक्रम गरिएको हो










