काठमाण्डौ, २६ साउन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । माआवादीको मन्त्रीहरु छनौट भइसकेको भन्दै उहाँले कांग्रेससँग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गर्ने वताउनुभयो ।prachanda4_BaImzxJYnr

बुधबार रिपोटर्स क्लबको बधाई पत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले राजनीतिक सहमति र संविधान संशोधनबाट असन्तुष्टहरुको माग सम्बोधन गर्ने प्रयासमा रहेको वताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले यो पटक आफू परिणाम निकाल्ने गरी काम गर्ने संकल्पमा साथ प्रधानमन्त्री भएको दावि गर्दै मधेसी, थारु लगायतको अधिकतम माग सम्बोधन गर्ने र आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै संविधान कार्यान्वयन गर्ने वताउनुभयो ।
मन्त्रिपरिषदको पहिलो बैठकबाटै सम्बोधनको प्रयास भएको भन्दै उनले छिट्टै समाधान निस्कनेमा आशावादी रहेको उल्लेख गर्नुभयो । यससँगै स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्ने र भूकम्पपछिको पुनर्निर्माणलाई तीव्रता दिने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।।