दाङ, २६ साउन
घोराही नगरपालिका वडा नं ६ स्थित बसन्त हरियाली सामुदायिक वनमा विरुवा गोडमेल गरिएको छ । सामुदायिक वन र रिपु मर्दन गण भरतपुर आर्मी व्यारेकको संयुक्त पहलमा विरुवा गोडमेल गरिएको हो ।
वन समुहका ८० जना र रपु मर्दन गण भरतपुर आर्मी व्यारेकवाट जमदार पे्रम राइसहित २६ जना गरी १ सय ६ जनाको सहभागितामा वनभित्र सरसफाइ गर्नुका साथै विरुवा काटछाँट गरिएको हरियाली सामुदायिक वनका अध्यक्ष राम वहादुर घर्ती मगरले जानकारी दिनुभयो ।।