भुपेन्द्रप्रकाश ओली / दाङ
दाङ , २४ साउन। गत साउन १० र ११ गते गएको भिषण पहिरोको महाविपती झेलेको प्युठान अझै तंग्रीन सकेको छैन । हाल पहिरो त थामीसकेको छ , तर महाविपतीबाट ठुलो मात्रामा मानविय र भौतिक क्षति व्यहोरेका प्युठानबासीका आँखामा आँसु थामीएका छैनन ।एकातर्फ पहिरोले संधैका लागी आफु बाट टाढा लगिदिएका आफन्तका सम्झनाले पिरोल्छ भने अर्कोतर्फ टेक्ने जमीन र ओतलाग्ने छानोको टुँगो नहुँदा आगामी भविष्य सम्झेर धौ सम्हालिनु हुन्छ । जताकतै धाँजा धाँजा भएर फाटेका पहाडका डरलाग्दा दृश्य त छन , तर पहिरोले बगाइलगीदिएका आफनो घर र खेतबारीको साँधसिमाना कतै भेटिदैन ।

पीडितहरुसंग उनिहरुले भोगीरहेको कहालीमय अवस्था बारे कसैले सोध्यो भने गहभरी देखिने आँसुलाई नै जवाफ मान्नुपर्ने हुन्छ । किनकी समस्याका चाँगका बिच कुन समस्या बताउने भन्नेमा उनिहरु अन्यौलमा छन । ‘ पहिरोले बास बस्ने घर संगै खेतबारी नि बगाईदियो ’ फोप्ली ६स्थित अम्बिका मावि कालापोखरमा आश्रय लिएर बसेकी खसुरा गुरुङले भनिन ‘ अब न हामीसंग न त अन्न उब्जाउने बारी छ न बस्नलाई घर । ’
उक्त विद्यालयमा मात्रै फोप्ली ५ र ६ का दर्जन बढी घरपरिवार आश्रय लिएर बसीरहेका छन । फोप्ली गाबिसको ३,४,५ र ६ नम्बर बर्डा र अर्खा ,रजवार ,पूजा खबाङ गाबिसमका बस्तीमा सबैभन्दा बढी क्षति पूर्याएको छ । पहिरोपछिको उच्च जोखिमका कारण अब ति स्थानमा बस्ती बस्ने अवस्था नरहेको स्थानिय बताउछन । जताकतै जमिन फाटेको छ । पानीको मूल निस्किएको छ । गाउँका पाखाहरु सबै गहिरो चिरा भएको छ ।‘ फोप्लीको वडा नं. ५मा अहिले सबैजसो मासिनहरुले घर छोडिसकेका छन’् स्थानिय विष्णु गरुङले भने ‘ पहिरोले बचेका घरहरुमा अहिले ताला लागेको छ । कतिपय मानिसले त्यत्तिकै घर छोडेर हिँडेका छन् । उनीहरु कोही आफन्तको शरणमा छन्, कोही गाउँको विद्यालयमा ’ ।
पुर्नस्थापनाको आश
आफना घर बगाएपछि प्रायः पहिरो पीडित नजिकैका विद्यालयहरुमा आश्रय लिएर बसीरहेका छन । यद्यपी भदौ १ गते देखि ति विद्यालय पठनपाठन शूरु हुने भएकाले त्यपछि कता जाने भन्नेमा उनिहरु अन्यौलमा छन । स्थानिय प्रशासनले बस्तीमा उच्च जोखिम देखेपछि जंगल या ऐलानी जग्गा खोजेर पहिरोपीडितलाई पूर्नस्थापना गर्ने आश्वासन दिएको छ । तर त्यसको पनि टुँगो भने लागेको छैन ।‘ कहिल्यै जंगल त कहिल्यै ऐलानी जग्गामा बसाल्छौ भनेर आशा देखाईएको छ ।’ फोप्ली ३ की स्थानिय बेलसरी पूनले भनिन ‘ तर यत्रो पहिरो पीडितलाई पूग्ने गरी जिल्लामा बस्ती बसाउन असम्भव छ ।’

फोप्ली ५ मा रहेका १ सय ९५ घरहरुमध्ये आधाभन्दा बढी जमिनसहित बगेका छन् भने बाँकी सबैजसो घरहरु जमिनसँगै चर्किएका छन् । ती घर कोही पनि बस्न योग्य छैनन् र, त्यही त्रासले मानिसहरुले घर छोडिसकेका छन् । त्यत्तिकै घरधुरी रहेको वडा नं. ३ चारिबाङमा पनि धेरैजसो घरहरु जोखिममा छन् । यो वडामा मात्रै २५ जना मानिसको ज्यान गएको थियो । ती मध्ये १७ जना मानिसहरु एउटै छुटिएका तर एउटै कुलघरानाका हुन । १० जनाको लाश एउटै पहिरोमुनि भेटिएको थियो । यस्तै संयौको संख्यामा मानिस विस्थापीत भएका छन । उनिहरुसंग अन्न उब्जानका लागी जमिन छैन भने बास बस्ने घरको ठेगान छैन ।
दुषित पानीले बिरामी बढे
पहिरोका कारण पीडितहरुले भोग्नुपरेको अर्को प्रमुख समस्या दुषित पानिको हो । पहिरोले पानीका मुहान भत्किएर हराएपछि पिडीतहरुले खोलाको पानी पिईरहेका छन । सो पानी फोहर भएका कारण समय बित्दै जाँदा पहिरो प्रभावित स्थानहरु बिरामीहरुको चाप बढदै गएको छ । ‘स्थानिय स्वास्थयकमी नारायण पोख्रेलले गर्मी मौसम , खोलाको पानिको प्रयोग र पहिरोमा परि चोटपटक लागेका घाउ पाक्दै जाँदा पीडितहरु बिरामी पर्दे गएका छन ।

‘ पहिरोले पानी पिउने मुहान भत्काईदिएपछि स्थानियले खोलाको पानी प्रयोग गरिरहेका छन । खोलाको दुषित पानी पिएका कारण स्थानियमा भाइरल ज्वरो , छाती र टाउको दुख्ने जस्ता बिमारी देखिएका छन ’ उनले भने ‘ यो संगै पहिरोले चोटपटक लागेपछि पाकेका घाउले पनि पिडीतहरु बिरामी पर्दै गएका छन । उद्दारमा खटिएका स्थानियले पनि आफुहरु थकित भइसकेको र आफुहरु पनि बिरामी पर्ने अवस्था आएका बताउछन । फोप्लीका स्थानिय राजनीतिकर्मी देविराम पुनले राहत तथा उद्यारका लागी जिल्ला बाहीरबाट पनि सहयोगको खाँचो रहेको औंल्याए ।
श्रेणी छुटाएर राहत तथा उद्यार
प्युठानका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले एकद्धार प्रणाली मार्फत पिडीतहरmको राहत तथा उद्यार भइरहेको जानकारी दिए । जसका लागी सबैभन्दा बढी देखी सबैभन्दा कम पिडीत क्रमश क,ख,ग,घ श्रेणी छुटाएर राहत र उद्यारको कार्य भइरहेको छ । पहिरो प्रभावित क्षेत्रमा बिरामीको चाप बढेसगै सबै स्थानमा स्थानिय स्वास्थकर्मीहरुलाई परिचालन गरिएको उनले जानकारी दिए । यस्तैे उच्च जोखिम रहेका अर्खा , रजवार , फोप्ली , पूजा र खबाङ गाबिसमा बस्ती पुर्नस्थापना गर्न सकिने÷ नसकिने अवस्थाको अध्ययन गर्न भुगर्भविद सहितको टोली पठाईदिन केन्द्रमा आग्रह गरिएको उनले जानकारी दिए । यस्तै पहिरो गएपछि त्रसित भएका पिडीतहरुलाई टेन्टको व्यवस्था गरेर सुरक्षित स्थानमा बसालिएको उनले बताए । जिल्ला प्रशासन कार्यालय मार्फत सोमबार मात्रै १ सय ५० थान ठुलो खालको टेन्ट पहिरो पिडीतलाई वितरण गरिएको छ ‘ हामीले स्थानिय तहमा पहिरोप्रभावित क्षेत्रको यथार्थ विवरण संकलनका लागी टोली खटाएका छौं ’ उनले भने ‘ यद्यपी जमीनको अवस्था अध्ययन स्थानिय निकायबाट सम्भव नभएकाले केन्द्रलाई भुगर्भविद सहितको टोली पठाईदिन आग्रहपत्र पठाएका छौं । ’
सबै प्रभावित गाउँहरुमा जिल्ला प्रशासनको समन्वयमा १ हजारभन्दा बढी टेन्ट वितरण गरिएको छ
३९ को मृत्यू ,३५ सय बढी प्रभावित
प्युठानबासीले यति ठुलो मात्रामा भौतिक र मानविय क्षति पहिलो चोटी भोग्नुपरेको छ । विपत्तिका कारण प्यूठानका १५ गाविसका विभिन्न २७ ठाउँमा पहिरो खसेको छ भने ३९ जनाको ज्यान गएको छ । पहिरोमा सबैभन्दा बढी मानिस फोप्ली गाविसका २७ जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय प्यूठानले तयार पारेको प्रारम्भिक क्षति विवरणअनुसार बाढी पहिरोले प्यूठानमा कम्तीमा ३५ सय मानिसहरु विस्थापित भएका छन् । करिब ३ हजार रोपनी जमिन बगेको छ भने त्यो जमिनका सबै बाली नष्ट भएका छन् । ‘अझै यथार्थ विवरण आइसकेको छैन ’प्रमुख जिल्ला अधिकारी पन्तले भने उनले भने ‘ तर, हामीले सबै सरकारी कार्यालयलाई आआफ्नो क्षेत्रको क्षति विवरण बनाउनका लागि खटाइसकेका छौँ ।’
पहिरोले खण्डहर बनाएका केही घरहरु :
