चितवन । रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि आज भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी तोसिमा कार्कीले भने ५७२ मत प्राप्त गरिन् । त्यस्तै सहमहामन्त्री पदमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् ।