डोटी, साउन २६ 
डोटीमा खोलाले वगाउँदा एक किशोरको मृत्यु भएको छ । कालिकास्थान–६ नुवाकोटमा ढाण खोलाले बगाउँदा १४ वर्षकी नौशरी बिकको ज्यान गएको हो ।flood

घटना सोमबारको भएपनि गाविस जिल्ला सदरमुकामबाट टाढा तथा सञ्चार सम्पर्क पनि नभएका कारण बुधबार मात्रै घटनाका बारेमा जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख भिमबहादुर मल्लले बताउनुभयो ।

उनीसँगै दाउरा लिएर घर पर्किंदै गरेका अन्य ५ जना महिला भने ज्यान जोगाउन सफल भएका छन् ।।