काठमडौ २६ साउन । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन लम्बिने क्रमसँगै झन् खर्चिलो र भड्किलो बन्दै गएको छ । भृकुटीमण्डप आसपासको क्षेत्र च्ुनाव प्रचारप्रसार सामग्रीले ढपक्कै छोपिएको छ ।
नेपाली काँग्रेसको महाधिवेशनमा समेत नभएको भड्किलो र खर्चिलो चुनावी अभियान सङ्घको महाधिवेशनमा देखिएको छ । भृकुटीमण्डपभित्रको रुख, भित्ता र भवनहरू खाली छैनन् । सबैमा प्रचारप्रसार सामग्री छापिएका छन् ।
त्यस्तै, राष्ट्रिय सभागृहदेखि पद्मोदय मोडसम्मको प्रदर्शनीमार्गको दायाँबायाँ सम्पूर्ण भित्ता तथा पर्खालहरूमा प्रचारप्रसार सामाग्री र तुल ब्यानर टाँगेर रङ्गीचङ्गी बनाइएको छ । त्यस्तै, सुरक्षाका कारण जनाउँदै भृकुटीमण्डपभित्र सर्वसाधारणको प्रवेशमा निषेध गरिएको छ ।











