काठमाडौँ, २६ साउन । श्रम स्वीकृत लिएर विदेश जाने महिलाको सङ्ख्या तीन वर्षयता घटिरहेको छ ।
सरकारले वैदेशिक रोजगारीमा महिला स्वीकृति दिने काम पटक पटक बन्द गर्ने र खोल्ने गरेकाले यो सङ्ख्या घटेको हो ।
रोजगारका लागि विदेश जान स्वीकृति लिने महिलाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा आ।व। २०७२र७३ मा १३ प्रतिशतले घटेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७२र७३ मा १९ हजार ३०७ महिलाले विभागबाट अन्तिम श्रम स्वीकृत लिएर विदेशिएका छन् ।
जबकी आ।व। २०७१र७२ मा २२ हजार २८ जना महिलाले श्रम स्वीकृत लिएर विदेश गएका थिए ।
आ।व। २०७०र७१ मा २८ हजार ९६६ जना महिलाले श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क विभागसँग छ । विभागको तीन वर्षको तथ्याङ्कलाई तुलना गर्दा पनि बैधानिक रूपमा श्रम स्वीकृत लिएर विदेश जाने महिलाको सङ्ंख्या बर्सेनि घटिरहेको स्पष्ट हुन्छ ।
वैदेशिक रोजगारबाट फर्किएका महिलाको संस्था पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले वैधानिक बाटोबाट जाने महिलाको सङ्ख्या घटे पनि गैरकानुनी बाटो प्रयोग गरेर विदेशिने महिलाको सङ्ख्या बर्सेनि बढेको बताउनुभयो ।











