samsadकाठमाडौँ, २६ साउन ।  नेपालको संविधानअनुसार अब हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय दल हुन १.५ प्रतिशत मतसीमा थ्रेसहोल्ड प्रस्ताव गरिएको छ ।

 समानुपातिकतर्फबाट विजयी हुन कुल खसेको सदर मतको १.५ प्रतिशत मत प्राप्त गर्नैपर्ने हुन्छ ।  त्यसभन्दा कम मत प्राप्त भएमा त्यस दलको उम्मेदवार निर्वाचित हुने छैन ।

निर्वाचन आयोगले तयार गरेको  ‘प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक मस्यौदा’ सम्बन्धमा सुझाव लिने उद्देश्यले आयोजित दल र निर्वाचनसँग सरोकार राख्नेहरूसँग मङ्गलबार गरिएको अन्तक्र्रिया सो जानकारी दिइएको हो ।

 मस्यौदा विधेयकमा थे्रस होल्डसम्बन्धी व्यवस्थामा भनिएको छ, ‘‘समानुपातिक प्रणालीमा खसेको कुल सदर मतको कम्तीमा १।५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको तर्फबाट कुनै पनि उम्मेदवार निर्वाचित हुने छैन । ’’ साना साना दल खोलेर सांसद बन्ने परम्परालाई रोक्न, विचार मिल्ने दलहरूबीच एकीकरण गर्न प्रोत्साहित गर्न र थेरै दल मिलेर संयुक्त चुनाव चिह्नमा उम्मेदवार हुन थ्रेसहोल्ड राख्नु राम्रो हुने विचार कतिपय विज्ञको छ ।

दुई वटा संविधानसभामा १८ हजारदेखि २२ हजारसम्म मत प्राप्त गर्ने दलले पनि संविधानसभामा एक सांसद पठाएका थिए ।  अन्तक्र्रियामा सहभागी साना दल थे्रसहोल्ड राख्नै नहुने र राखे पनि थोरै प्रतिशत राख्नुपर्ने पक्षमा देखिए भने ठूला दल थ्रेसहोल्ड नराख्ने हो भने निर्वाचन व्यवस्थापन कठिन हुने तर्क अगाडि सारे ।  साथै ठूलाले संविधानसभा र व्यवस्थापिका–संसद् फरक भएको दाबी पनि गरे ।