मन्त्री छान्नका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको बैठक ठोस निर्णय बिना टुंगिएको छ । मंगलबार दिउँसो बसेको पार्टी हेडक्वार्टरको बैकठले मन्त्रीको नाम टुंगो लगाउन नसकेपनि सरकारको ६ दिनको कामको समिक्षा गरेको छ ।

Sthai_samiti_meeting-073-1-16_2

बैठकमा सहभागी नेताहरुले दुई–दुई मिनेटमा सरकारको समिक्षा गर्दैै मन्त्रीमण्डलमा समावेशीता अपनाउन प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् ।

‘मन्त्रीहरुको बारेमा ठोस निर्णय भएन, सरकारको प्रारम्भिक कामको समिक्षा गरेका छौं’ पार्टीका स्थायी समिती सदस्य लोकेन्द्र विष्ट मगरले भने, ‘हाम्रो नेतृत्वको सरकारको सामुन्ने चुनौती भएपनि आशा र अपेक्षा अनुसार सकारको सुरवाती राम्रो भएको समिक्षा गरेका छौं ।’

विष्टका अनुसार मन्त्रीमण्डल समावेशी बनाउने आवाज उठेपनि कुनै नेतालाई कुन मन्त्री दिने भन्नेबारे छलफल हुन सकेन् ।

त्यस्तै बैठकले केन्द्रीय सम्मेलन आयोजक समितिको भेला भदौ १० देखि १५ गतेभित्र काठमाडौंको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको प्रधानमन्त्रीका सल्लाहकार चन्द्रप्रकाश खनालले जानकारी दिए ।

उनले भने, ‘पार्टीको सम्मेलन आयोजक समितिको भेला भदौ १५ भित्र गर्ने निर्णय भयो, सरकारको प्रारम्भिक मुल्यांकन गरियो अरु ठोस निर्णय केही भएन् ।’
रातोपाटी बाट