prachandaकाठमाडौँ, २६ साउन । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बुधबार आज मन्त्री परिषद बिस्तार गर्नुहुने भएको छ ।

सत्ता साझेदार दल नेपाली काँग्रेसले सरकारमा जाने मन्त्रीको टुङ्गो लगाउन समय लाग्ने बताएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दलका नेताहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको हो ।

माओवदी केन्द्रको सचिवालय बैठकले मङ्गलबार पार्टीको तर्फबाट बन्ने मन्त्रीहरूको अन्तिम टुङ्गो लगाउन अध्यक्षलाई जिम्मेवारी दिने निर्णय गरेपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना देखिएको हो ।

माओवादी केन्द्रका एक नेताका अनुसार नयाँ मन्त्रीहरूमा हितराज पाण्डेले स्थानीय विकास, राम कार्कीले सूचना तथा सञ्चार, जनार्दन शर्माले ऊर्जा, धनीराम पौडेलले शिक्षा र प्रभु शाहले कानुन तथा न्याय मन्त्रालयको जिम्मेवारी लिने तय भएको छ ।  यद्यपि यसको अन्तिम निर्णय गर्न अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।  माओवादी स्रोतका अनुसार नेपाली काँग्रेसले आफ्नो विद्यार्थी सङ्गठन नेविसङ्घको महाधिवेशन सकेपछि सँगै मन्त्रिपरिषद्मा सदस्य थप्न आग्रह गरेको थियो ।