आफ्नो घर जग्गा साहुको घरमा धितो राखेर सुन्दर परिवारको सपना बुन्दै धन कमाउन साउदी अरेबिया पुगेका सात नेपाली साउदी जेलको चिसो सिढीमा मृत्यु संग लडिरहेकाछन ।
बिना कसुर सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको भिख मागिरहेकाछन ।उनीहरु संग धेरै पैसा भए मृत्यु भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउनएर अझै जीवन जिउन पाउथे ।
उनीहरु साउदीमा जीवनको भिख माग्दै अन्जुली फ़ैलाएपनि राज्यले कुनै चासो दिएको छैन । अझै बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा । हामी पनि आशा गरौ सरकार परिवर्तन भैसकेपछि अब नयाँ सरकारले पक्कै पनि ती नेपाली हरुको जिवन रक्षा गरिदिनेछ ।











