श्रावण २५ । भाइरल ज्वरो आएझै सेयर बजार परिसूचक नेप्सेमा पनि भारि उतारचढाव आएकोमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । मंगलवार अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले भने, ‘सेयर बजारमा देखिएको उचारचढाव प्रति अर्थमन्त्रालयको ध्यानाकर्षण भएको छ ।’
अर्थतन्त्रको ऐनाका रुपमा रहेको पुँजी बजारको विकास तथा विस्तारमा सरकार सकारात्मक रहेको उनले बताए । ‘पुँजीबजार विश्वासनिय र तथ्यपरक ढंगले अघि बढोस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘त्यसका लागि आवश्यक सहयोग गर्न अर्थमन्त्रालय तयार छ ।’
