प्रकाश पुन
दाङ, २५ साउन
नेपाल मगर पत्रकार संघ दाङले २२ औं विश्व आदिवासी दिवस भालुवाङमा मनाएको छ । संघले आज भालुवाङको पुलचोकमा ‘आदिवासी जनजातिको कला संस्कृति संरक्षणमा सरोकारवालाको भुमिका’ विषयक छलफल कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । संघ दाङका अध्यक्ष रेखा मगरको अध्यक्षता तथा संघका केन्द्रिय सदस्य पे्रम राम्जा मगरको प्रमुख आतिथ्यता एवं रोल्पाली एकता समाज भालुवाङका सचिव भिमप्रकाश पुन मगरको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागीहरुले आदिवासी जनजातिको कला संस्कृति संरक्षणका लागी सर्वप्रथम आदिवासी जनजातिहरु नै सचेत र जागरुक हुुनुपर्ने वताएका छन ।
नेपालमा भारतसँगको खुला सिमाना, वाह्य संस्कृतिको हावीका कारण आदिवासी जनजातिका कला संस्कृति पनि विस्तारै लोप हुँदै जान थालेको प्रति चिन्ता व्यक्ति गर्दै सहभागीहरुले अव आफ्नो पहिचानकै लागी भएपनि कला संस्कृति संरक्षणमा जुट्नैपर्ने धारणा राखेका छन ।
साथै आफुहरुको कला संस्कृति संरक्षण र उत्थानका लागी राज्यस्तरवाट पनि पहल आवश्यक रहेको आदिवासी जनजातिहरुको भनाइ छ ।कार्यक्रममा भालुवाङका राजनैतिक दल, मगर अगुवा, पत्रकार, स्थानीय आदिवासी जनजाति समुदायको सहभागिता रहेको थियो । संघका जिल्ला सदस्य प्रकाश पुनको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा पत्रकारहरु विदुर एमसी, जमिर शाह, विप्लव निकट माओवादीका सुरेश परियार, मगर महिला संघ भालुवाङकी अध्यक्ष बिसपुरा घर्ती मगर लगाएतले बोल्नुभएको थियो ।
संघका सदस्य मञ्जु रोकाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सहजीकरण सचिव शान्तकुमार वुढा मगरले गर्नुभएको थियो । सो अवसरमा पत्रकार तथा कलाकार प्रकाश पुनले सांस्कृतिक प्रस्तुती राख्नुभएको थियो भने मगर महिला छमी पुन मगरले उत्पादन गरेको उनीका झोला प्रदर्शन गरिएको थियो ।
यसैविच, उक्त कार्यक्रममा सहभागीता जनाउने, कार्यक्रमलाइ भव्य र सभ्य रुपले सम्पन्न गर्न सहयोग पु¥याउने सवैमा मगर पत्रकार संघ दाङले धन्यवाद ज्ञापन गरेको छ ।।