nepal bidhut pradhikaranतुलसीपुर २५ साउन । बुधबार दिनभर दाङको तुलसीपुर र सल्यान क्षेत्रमा बिद्युत अबरुद्ध हुने भएको छ । घोराही तुलसीपुर ३३ केबि प्रशारण लाईन मर्मत तथा कन्डक्टरको तार अफ ग्रेडिङ गर्नुपर्ने भएकाले बुधबार दिन भर बिद्युत अबरुद्ध हुने नेपाल बिद्युत प्राधिकरण तुलसीपुर शाखाले जनाएको छ ।

पुरानो तार भएकाले तुलसीपुर क्षेत्रमा कम भोल्टेज तथा डिमको समस्या देखिएको भन्दै यस्को समाधानका लागि नयाँ तार राख्न लागिएको पनि प्राधिकरणले जनाएको हो ।

बिद्युत प्राधिकरण तुलसीपुरका प्रमुख टकंराज गिरीका अनुसार बुधबार बिहान ७ बजे देखी बेलुका ७ बजे सम्म तुलसीपुर क्षेत्र र सल्यानमा बिद्युत अबरुद्ध हुने छ ।