कुसुम बिक / बर्दिया
साउन २५ । दोधारा चाँदनी नगरपालिका,७, कञ्चनभोजस्थित बर्षे नालामा अस्थायी काठे पुल बनाउन भारतीय सिमा सुरक्षाबल एसएसबीले रोक लगाएको छ ।

SSB
फाइल तस्वीर

एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै उक्त  पुल बनाउन नदिएको हो । भारतीय सीमावर्ती क्षेत्र नजिक पर्ने कञ्चनभोजको नालामा पुल नहुँदा नेपाल भारतका बासिन्दालाई आवतजावत अप्ठेरो परेको छ ।

नेकपा (एमाले) दोधारा चाँदनी नगर कमिटीले स्थानीयवासीको आग्रहमा सोमबार अस्थायी पुल बनाउने कार्य सुरु गरेपछि एसएसबीले रोक लगाएको हो ।

कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले एसएसबीले दशगजा क्षेत्रमा पर्ने भन्दै पुल बनाउन नदिएको बताए । तर पुल बनाउन थालेको स्थान दश गजा क्षेत्र नभएर नेपाली भूभाग भएको स्थानीयको भनाइछ ।