दाङ  । नेपाली कथानक चलचित्र पर्शुराम निर्माण भइरहँदा सोही नामबाट निर्माण सम्पन्न भएर रिलिज  तयारीमा रहेको अर्को चलचित्र रिलिजमा रोक लगाईएको छ । अर्को समुहले जय पर्शुराम  नाम राखेर चलचित्र निर्माण गर्न लागेको थाहा पाएपछि पर्शुराम निर्माता समुहले अदालतमा  दायर मृुद्धाको सुनुवाई गर्दै उक्त चलचित्र रिलिजमा रोक लगाएको हो । यही साउन २८ गते देखी रिलिज हुने तयारीमा रहेको जय परशुरामको मंगलबार पुनरावेदन अदालत ललितपुरले  रिलिज रोक्न आदेश जारी गरेको हो ।

tMBAcjay parshuram

पर्शुराम निर्माण कम्पनि व्ल्याक चिल्ली चिल्ली ईन्टरटेनमेन्ट प्रालिका निर्देशक नवराज घिमिरेले जय पर्शुराम र चलचित्र निर्माता संघलाई बिपक्ष बनाएर दर्ता गरेको मुद्धालाई पुनराबेदन अदालत ललितपुरले  किनारा लगाउदै यस्तो आदेश जारी गरेको हो । पुनरावेदन अदालतका न्यायाधीश जीवनहरि अधिकारीको एकल इजलासले  चलचित्र जय पर्शुराम युनिटलाई चलचित्रका कुनै गतिविधि सञ्चालन नगर्न आदेश जारी गरेको बताईएको छ ।

अधिवक्ता हिरा रेग्मी र सितारामले बहस गरेको मुद्धामा अदालतले जय पर्शुरामको निर्माण पक्षलाई यही २८ गते हुन लागेको रिलिज रोक्ने, चलचित्रको प्रचारप्रसार रोक्न आदेश जारी गरेको नेपाली कथानक चलचित्र पर्शुरामका कार्यकारी निर्माण सविन प्रियासनले जानकारी दिए ।
पर्शुराम निर्माण भइरहँदा उही नामबाट रेदाअंश सिने आर्टस्ले चलचित्र निर्माण गरी प्रदर्शनको तयारी थालेपछि आफूहरु अदालत धाउनुपरेको कार्यकारी निर्माता प्रियासनको तर्क छ ।