घोराही । जनेसेवा सामुदायिक वन उपभोक्ता समुह धर्ना–४ ले प्रथम वन राष्ट्रिय दिवसका अवसरमा तीन महिने कटाई सिलाई तालिमको मंंगलवार समापन गरेको छ ।
जनसेवा वन उपभोक्ता समुहका अध्यक्ष रेशम डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले वन सरक्षणका लागि साउन २५ गतेलाई राष्ट्रिय वन दिवस घोषणा गरेकोमा खुशी व्यक्त गर्दै यसले वन सरक्षणका क्षेत्रमा सहयोग पु¥याउने बताएका थिए ।
कार्यक्रममा धर्ना गाविसका सचिव लक्ष्मण अधिकारी,नेपाली काग्रेस धर्नाका सभापति विष्णुमणि दाहाल,जनसेवा सामुदायिक वन समुहका सस्थापक अध्यक्ष कृष्ण गिरी,अम्विकेश्वरी रेञ्जपोष्टका प्रतिनिधि सुकुन्तला अधिकारी, अम्विकेश्वरी रेञ्जपोष्ट महासंघका महासचिव आशाराम चौधरी,धर्ना कृषि तथा वन वातावरणका अध्यक्ष तिलविक्रम पछाई,धर्ना स्वास्थ्य चौकीका प्रथम कुमार सिङ डागी,प्रशिक्षक रचना पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रममा वन समुहका सस्थापक अध्यक्ष कृष्ण गिरीलाई दोसल्ला आढाएर सम्मान गरिएको थियो । वन समुहका सहसचिव मानसिङ पछाईको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सञ्चालन निर्मला डिसीले गरेकी थिईन् । त्यस अवसरमा कटाई सिलाई तालिममा सहभागि १६ जना महिलाहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।










