काठमाडौं, २५ साउन  ।  पार्टीबाट मन्त्री बन्नेको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

perisdanda-UCPN_815132376प्रधानन्त्री सहित आठ मन्त्रालय पाएको माओवादीबाट पाँच मन्त्रीको टुंग्यो लाग्न बाँकी छ । माओवादीले जनार्दन शर्मा, राम कार्की, प्रभु शाह, हितराज पाण्डे र धनीराम पौडेललाई मन्त्री बनाउने तयारी गरेको छ ।

माओवादीको भागमा स्थानीय विकास, ऊर्जा सूचना तथा सञ्चार, कानुन, र शिक्षा मन्त्रालय भागमा परेको छ । माओवादीले यसअघि दलजित बिके श्रीपालीलाई युवा तथा खेलकुद, गौरी शंकर चौधरीलाई कृषि विकास मन्त्रीको जिम्मेवारी दिइसकेको छ ।