दाङ २५ साउन । मनसुन कमजोर भएसँगै मुलुकभर वर्षात् कम भएको छ । झन्डै एकसातादेखि कम वर्षात् भएको हो । यो वर्ष मनसुनमा विगत ३० वर्षको तुलनामा सरदरभन्दा बढी वर्षात् भएको छ ।
मनसुन न्यूनचापीय रेखामध्ये भारततर्फ रहेकाले उता बढी वर्षात हुँदा नेपालमा कम वर्षात भएको मौसमविद्को भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबैभन्दा बढी धनगढीमा २४.३, दाङमा १४.४ र सबैभन्दा कम ताप्लेजुङमा एक मिलिमिटर वर्षात् भएको छ । त्यस्तै काठमाडौँमा १।८ मिलिमिटर वर्षात् भएको छ ।