सन्तोषकुमार गुप्ता
देउखुरी २५ साउन ।।
देउखुरीको सिसहनियाँ र गोबरडिहा जोड्ने राप्ती नदी पक्की पुल निर्माणको काम शुरु भएको छ । सिसहनियाँ—२ छोट्की सिसहनियाँ र गोबरडिहा—६ महदेवा जोड्ने गरी राप्ती नदीमा पक्की पुलको निर्माण कार्य शुरु गरिएको हो । ४ करोड ८१ लाखको लागतमा आठ सय मिटर लामो तथा ९.५ मिटर चौडाई रहेको उक्त पुलको ठैकका पाएको अनक कम्पनीले जनाएको छ ।

नेपालकै दोस्रो लामो पक्की उक्त पुल निर्माणको पहिलो चरणमा पिलर बनाउने, ग्याबिन बिछ्याउने समाग्री, प्राविधिक समाग्री, स्काईभेटर लागायत मजदुरहरुको टोली समेत निर्माण स्थलमा आईपुगेको छ ।rr

अहिले मजुर बस्ने र निर्माण समाग्री राख्ने क्याम्प तयार भईरहेको छ । पुल निर्माण हुने भए पछि सिसहनियाँ र गोबरडिहाबासी हर्षित समेत भएका छन् । गोबरडिहाको मध्य भागको राप्ती नदीमा पककी पुल नहुँदा बर्षातमा जोखिमपूर्ण नदी तर्नु पर्ने तथा कालाकाटे हुँदै भालुवाङ र गढवा हुँदै लमही भएर आउने जाने बाध्यता रहेको थियो ।

जोखिमपूर्ण यात्राकै कारण राप्ती नदीमा बगेर दर्जनौले अकालमा ज्याउन गुमाउनु पर्ने बाध्यता समेत रहेको गोबरडिहाबासी बताउँछन् । पुल निर्माण भए पछि गोबरडिहा गाविसका अधिकांश गाउँ बस्ती र सिसहनियाँ गाविसका हजारौँ स्थानियबासी प्रत्यक्ष लाभन्दित भएको पत्रकार सन्तोषकुमार गुप्ताले जानकारी दिनु भएको छ ।।