देउखुरी २५ साउन ।
भर्खरै संसदबाट पारित भएको शिक्षा ऐन २०७३ लाई कार्यानवय गर्न शिक्षा मन्त्रालय तथा शिक्षा विभागको निर्देशनमा जिल्ला शिक्षा कार्यालय दाङको निर्णय बमोजिम लालमटिया स्रोत केन्द्रको बैठक सर्वोदय उच्च मावि सिसहनियाँमा सम्पन्न भएको छ ।feature
आर्दश उच्च माविका प्राचार्य दामोदर पाण्डेको अध्यक्षता एवम् जिल्ला शिक्षा कार्यालय दाङका विद्यालय निरिक्षक बेगमबहादुर केसीको प्रमुख आतिथ्यमा स्रोत केन्द्रिय स्तरिय सम्पन्न बैठक सम्पन्न भएको हो ।

वैठकले शिक्षा मन्त्रालय तथा शिक्षा विभागको निर्देशनमा जिल्ला शिक्षा कार्यालय दाङको निर्णय बमोजिम नयाँ शिक्षा ऐनमा व्यवस्था गरिए बमोजिम कक्षा १—५ सम्मलाई प्रावि, कक्षा ६—८ सम्मलाई आधारभूत तह र कक्षा ९—१२ सम्मलाई मावि तह नामाकरण गर्ने, विद्यालय साउन ५ गते देखि स्वत विघटन भईसकेकाले नयाँ संशोधित ऐन बमोजिम विद्यालय व्यवस्थापन समिती तत्काल अबिलम्ब गठन गर्ने, समाजिक लेखापरिक्षण गर्ने, कर्मचारीहरुको बिबरण अत्यावधिक गर्ने, शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक पहल गर्ने लगायतको निर्णय गरेको छ ।
बैठकमा लालमटिया स्रोत केन्द्रका लालमटिया, सिसहनियाँ र हाँसीपुर गाविसका ४५ सामुदायिक विद्यालयका प्वि, मावि र उच्च माविका ४३ जना प्रधानध्यापक तथा प्राचार्यहरुको उपस्थीति रहेको थियो । बैठकको सहर्जीकरण लालमटिया स्रोत केन्द्रका स्रोत व्यक्ति बिप्लब अधिकारीले गर्नु भएको थियो ।।