श्रावण २४, २०७३
गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको जहाज नुवाकोटको मदनपुर– ९ बेतिनीस्थि टुच्चे भीरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।Jomsom-Muktinath

दुर्घटनामा एक सुत्केरीसहित ७ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ।

दुर्घटनामा पाइलट रजन लिम्बू, स्टाफ नर्स निशा तामाङ, हेलिकोप्टरमा सँगै गएकी लक्ष्मी गुरुङ, गोरखा सिद्र्धिबासका कितमान गुरुङ, उनकी श्रीमती अज्ञानी, १९ वर्षीया प्रिती गुरुङ र उनका ५ दिनका नाबालक छोराको मृत्यु भएको हो ।।